
८ भाद्र २०७६, काठमाडौ । २ बर्ष अगाडि रिलिज भएको नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ युटुबमा हाइलाइट नेपालबाट रिलिज भएको १० दिन भयो । तर, यो चलचित्रले एक सातादेखि निरन्तर युटुबको ट्रेन्डिङको १ नम्बरमा कब्जा गरिरहेको छ । युटुबको ट्रेन्डिङ चेक गर्दा अधिकांश भिडियो संचारकर्मी रवि लामिछानेमाथि केन्द्रित रहेका छन् । तर, यो चलचित्र युटुबमा रिलिज हुँदा १ नम्बर ट्रेन्डिङमा रहेको चलचित्र ‘ऐश्वर्य’ धेरै पछि परिसकेको छ ।
युटुबमा १० दिनमा ५३ लाख भन्दा बढी भ्यूज पाएको चलचित्रलाई ८२ हजार भन्दा बढी लाइक र १० हजार भन्दा बढी प्रतिक्रिया मिलेको छ । सुरेन्द्र पौडेल निर्दे्शित यो चलचित्रलाई सुवास गिरीले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।