
८ भाद्र २०७६, काठमाडौ । तीन वर्षदेखि लगातार नाफामा रहेको सर्वोत्तम सिमेन्टले ३६ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । प्राथमिक शेयर निष्कासन गर्नको लागि कम्पनीले पब्लिक कम्पनीमा यसै वर्षदेखि रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ ।
नियम अनुसार पब्लिक कम्पनी भएको एक वर्षपछि मात्रै प्राथमिक शेयर निष्कासन गर्न सक्ने छ । कम्पनीले थप प्रिमियम सहित शेयर निष्कासन गर्ने योजना बनाएको छ ।
धितोपत्र निष्कासन सम्बन्धी नियम अनुसार थप प्रिमियम सहित शेयर निष्कासन गर्दा अधिकतम नेटवर्थको दुई गुणासम्मको मूल्यमा निष्कासन गर्न पाउने छ ।
कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गर्नका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएको एक वर्षपछि मात्रै प्रक्रिया सुरु गर्ने पाइन्छ। यस नियमका आधारमा कम्पनीले आगामी आर्थिक वर्षमा मात्रै प्राथमिक शेयर निष्कासन गर्न सक्नेछ ।
कम्पनीले प्राथमिक शेयर निष्कासन गरेसँगै चुक्ता पुँजी तीन अर्ब ६० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ छ ।

Related

अन्य समाचार
८० लाखको व्यापार गर्दै सम्पन्न भक्तपुर औद्योगिक महोत्सवमा, एक लाख भन्दा बढीले गरे अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






