
८ भाद्र , २०७६ । जारी समर ट्रान्सफर विन्डोमा करिब ३०० मिलियनको युरो खर्च गरिसकोको स्पेनिस रियल मड्रिड पुनः अर्को रकम खर्च गर्न तत्पर रहेको छ । मोटो रकम खर्च गर्दा पनि खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेको छैन । मड्रिडले स्टार खेलाडी नेयमारलाई अर्को सातासम्म अनुबन्ध गर्न लागी परेको छ । शनिबार राति घरेलु मैदन सान्टियागो बेर्नाबेउमा भएको ला लिगा अन्तर्गतको खेलमा पनि रियल भालाडोसँग १ १ गोलको बराबरीमा रोकिएको थियो । यससँगै रियलको स्वाड बलियो नभएको प्रमाणित भएपछि रियल नेयमारलाई अनुबन्ध गर्न तिब्र लबिङमा लागेको हो ।