
११ भाद्र २०७६, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजेदेखि बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टीको भ्रातृसंस्थालाई सक्रिय बनाउने विषयमा छलफल हुने बताइएको छ । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । भ्रातृ संस्थाको विधान पारित र अवधि सकिएका भ्रातृ संस्थाको अधिवेशन तोक्ने वा तदर्थ समिति बनाउने भन्ने निर्णय बैठकले गर्ने नेताहरुले बताएका छन् ।
यस्तै, बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी कांग्रस रहेको छ ।