हामीसँग जोडिनुहोस

आज भक्तपुरमा पञ्जरां (पञ्चदान) पर्व मनाइयो (Photo, Video,Text)

1 मिनेट

नारायण थापा ,११ भाद्र २०७६, भक्तपुर

VIDEO

https://www.youtube.com/watch?v=ihbbndftQHo&feature=youtu.be

PHOTO

 

TEXT

भक्तपुर जिल्लाको विभिन्न पाँच टोलमा रहेका दिपँकर बुद्धहरुलाई पुजा तथा दान दिएर पञ्जरां (पञ्चदान) पर्व मनाइएको छ । भक्तपुरमा पाँच जना दिपँकर बुद्धहरुलाई बिहारबाट निकाली टोल टोलमा घुमाई पुजा तथा दान लिने गरिन्छ । बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित छ । यी दिनहरुमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका साथ स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ ।
काठमाण्डौं उपत्यकामा मनाईने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा दान गरिन्छ । स्मरणीय छ दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध थियो । यो पर्व हजारौं वर्ष पहिले देखि नै श्रावण महिनाभित्र दुई पटक धूमधामका साथ मनाईदै आएका छन् । गुँला महिना ( श्रावण महिना ) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ भने दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाण्डौं, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ । नेपालमा यो पञ्जरां (पञ्चदान) पर्वको इतिहास र परम्परालाई हेर्दा यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको स्पष्ट छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।