हामीसँग जोडिनुहोस

सुनसहित एक युवक पक्राउ

1 मिनेट

काठमाडौं– अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव २ किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं–५ स्याफ्रोबेशी घर भएका बर्ष १७ का भिमबहादुर तामाङ रहेका छन् । प्रहरीले तामाङलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले गोप्य सूचनाको आधारमा चेक गर्दा दुई केजी सुनसहित तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी प्रमुख थापाका अनुसार तामाङलाई चेक जाँच गर्ने क्रममा उनीबाट कम्बरमा बाँधिएको सुन बरामद गरिएको हो । उनले ६ सेमि लम्बाई र ११ सेमि मादलजस्तो गोलाई भएको सुनसहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।

तामाङ सुन कम्बरमा बोकेर रसुवा गल्छी हुँदै भैरहवाबाट काठमाडौं आउँदै थिए । प्रहरीले उनलाई सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको जानकारी दिएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।