हामीसँग जोडिनुहोस

साफ उपविजेता टोलीलाई नगदसहित सम्मान गरिँदै

1 मिनेट

नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ । प्रदेश एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो ।
सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले गत चैत्र ८ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख र उपविजेता भएका १ लाख दिने घोषणा गरेको थियो ।
त्यसैगरी साफमा नेपाली टिम उपविजेता भएपछि विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनही ५० हजार दिने घोषणा गरेका थिए । खेलाडीहरुलाई भोली विराटनगरमा नगद सहित सम्मानपत्र प्रदान गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गीले बताए । त्यसैगरी फाइनलको भोलीपल्ट बिराटनगरमा शनिबार बसेको एन्फा साधारणसभाको बैठकले उपविजेता खेलाडीहरुलाई जनही १ लाख नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । तर एन्फाको पुरस्कार भने खेलाडीले पाएका छैनन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।