हामीसँग जोडिनुहोस

भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको शिशुको जन्म

1 मिनेट

यो अनौठो जन्म जुलाई ११ मा उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा भएको हो । शिशुको मुख्य टाउकोबाट दुई वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।

‘महिलाको यौनाङग भइको बच्चाको तीन वटा टाउको छ । अझ ती अनौठो शिशुलाई उनको आमाले अपरेशन बीना नै जन्म दिएकोमा चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् ।

बच्चाको थप उपचारका लागि उनको जन्म भएको प्राथमिक केन्द्रमा पर्याप्त सुविधा नभएकाले उनलाई जिल्ला अस्पताल इताहमा रिफर गरिएको थियो ।

डाक्टरहरुले बच्चाको एमआरआई गर्ने र नवजात शिशुको दिमागको वास्तविक अवस्था पहिचान गर्ने बताएका छन् ।

‘यो विरलै हुने चिकित्सकीय अवस्था हो । तर शिशुको शरीर पूर्ण रुपमा विकसित नभएकाले अहिले छुट्याउन सकिने सम्भावना हुन्छ । त्यही भएर हामी एमआरआई गरेर शल्यक्रिया गर्नेछौं ,’ इताह जिल्ला अस्पतालका प्रमुख चिकित्सकीय परिवेक्षक राजेश ठाकूरले भने ।

अतिरिक्त टाउको भएको बच्चाको जन्मको घटना विश्वभरी भइरहन्छ । तर तीन वटा टाउको सहित जन्मेको भने त्यति सुनिँदैन ।

यो चिकित्सकीय अवस्थालाई ‘इन्सेफलोसेल’ भनिन्छ । यस्तो अवस्थामा बालबालिकाको बाँच्ने सम्भावना ५५ प्रतिशत हुन्छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।