हामीसँग जोडिनुहोस

भक्तपुर जिल्ला अदालतबाट ९ सय ३७ जनाको कैद तथा जरिवाना भूक्तान हुन बाँकी (भिडियाे सहित )

1 मिनेट

१३ भाद्र २०७६ ,भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट ९ सय ३७ जनाको कैद तथा जरिवाना भूक्तान हुन बाँकि रहेको पाइएको छ । जिल्ला अदालत भक्तपुरले आज आयोजना गरेको फैसला कार्यान्वयन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा ९ सय ३७ जनाले ४ सय २६ बर्ष ४ दिन कैद भुक्तान गर्न बाँकि रहेको र उनीहरुबाट २३ करोड ६ लाख ५६ हजार जरिवाना असुल गर्न बाँकि रहेको जानकारी दिइयो ।
जिल्ला अदालत भक्तपुरका अनुसार जिल्लाका ४ नगरपालिकाका ४ सय ४८ जना व्यक्तिबाट १ सय ६२ बर्ष १० महिना १२ दिन कैद भुक्तान र २२ करोड ४६ लाख ६८ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकि रहेको छ ।
अदालतले भक्तपुर जिल्ला बाहेक काभ्रेपलान्चोक, दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका १ सय १९ जनाको लगत सम्बन्धित जिल्लामा संकलन गर्न पठाइएको अदालतका श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अदालतले आ.ब. ०७५÷०७६ मा ६२.४२ प्रतिशत फैसला कार्यान्वयन गरेको जनाएको छ । अदालतका तहसिलदार सघन अधिकारीले ०७५÷०७६ मा ३२.३१ प्रतिशत कैद फट्यौट र १४.४२ प्रतिशत जरिवाना फछ्यौट गरेको जानकारी दिनुभयो । भक्तपुर अदालतले ०७५÷०७६ मा ३ सय १९ जनाको १ सय ९१ बर्ष ५ महिना १६ दिन कैद फछ्यौट गरेको र उनीहरुबाट ३ करोड ३ करोड ८७ लाख ९४ हजार ट सय ४० रुपैयाँ जरिवाना गरिएको तहसिलदार अधिकारीले बताउनुभयो ।
भक्तपुर अदालतका प्रमुख न्यायाधिश जगतमान प्रधानको सभापतित्वमा सम्पन्न फैसला कार्यान्वयन सम्बन्धि अन्र्तक्रिया कार्याक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले अदालतले गरेका फैसला कार्यान्वयनका लागि स्थानीय सरकार, नागरिक, जिल्ला प्रशासन र प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

 

VIDEO

https://www.youtube.com/watch?v=XKY8TPemlmI&feature=youtu.be

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।