
१३ भाद्र २०७६, भक्तपुर । गाई मारेको अभियोगमा भक्तपुरको चाँगुनारायणबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरीलाई शुत्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका पुरीले फार्ममा रहेका ४ वटा गाईमध्ये १ वटा गाईलाई विहीबार राति दाउराको चिर्पट र कोदालो प्रहार गरेर मारेको प्रहरीले जनाएको छ । गिरीलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।