हामीसँग जोडिनुहोस

जिउँदै दम्पतिलाई थमाइयाे मृत्यु प्रमाणपत्र

3 मिनेट

भगवतीमाई गाउँपालिकाले जीवित दम्पतिलाई मृत्यु दर्ताको प्रमाण पत्र दिइएको छ। जीवितै रहेका सोही गाउँपालिकाका ४ का नानकला खत्रीका बुबा मनिराम खत्री र आमा जोतिकला खत्रीको मृत्यु दर्ता प्रमाणपत्र स्थानीय सरकारले बनाई दिएको छोरी नानकला केसीले बताइन्। गत मंसिरमा दाइको परिवार दैलेखको भगवतीमाई गाउँपालिका ४ बाट बसाइँ सराई गरी बाँसगढी नगरपालिका ५ मा आएको थियो। पीडितकी छोरी नानकला केसीले भनिन,’ मंसिर मै वृद्धभत्ताका लागि कागजात मिलाइ दिन भनेर बुवा आमाले उत्त गाउँपालिकामा कागजात पेश गर्नु भएको रहेछ।’ सामाजिक सुरक्षा भत्ता पाउने समय आयपछि पहिले बसेको गाउँपालिकाबाट कागज पत्र मिलाएर पठाउनु पर्ने भएकाले असार महिनामा केही दिन भाउजु भगवतीमाई गाउँपालिकामा धाउनु भयो। नानकलाका अनुसर भाउजुलाई आज हुन्छ। भोलि हुन्छ भन्दै  त्यहाँका कर्मचारीले अल्मल्याएछन्।  पुन फोनबाट जानकारी लिँदा गाउँपालिका ४ का वडा सचिव र कम्प्युटर अप्रेटरले आफूले कागज पत्र बनाएर पठाइसकेको बताए।

सुरक्षा भत्तको कागज मिलाएर पठाउनु पर्ने ठाउँमा मेरा जीवितै आमा बुबाको मृत्यु दर्ता पो गरीदिएछन

रुँदै आमाले हातको कागज देखाएर भन्नु भयो, ‘हामी मरी सकेका रहेछौँ

नानकलाले दुखेसो पोखिन ‘तर उनीहरूले सामाजिक सुरक्षा भत्तको कागज मिलाएर पठाउनु पर्ने ठाउँमा मेरा जीवितै आमा बुबाको मृत्यु दर्ता पो गरीदिएछन’, ।  आमा रुँदै घर आउनुभयो छोरी नानकलाले भनिन,’दैलेखबाट सबै कागजात पठाइसकेको छु भनेपछि बर्दियाको बासगडी नगरपालिका ५ मा आउँदा केही दिन कागज मिलाउँदै छौँ पछि आउनु भने गाउँमा सामाजिक सुरक्षा भत्ता बुझने हल्ला चल्याो।

असार २७ गते बिहान बडा कार्यालयमा जाँदा वडा सचिवले दैलेखबाट तपाइँहरूको मृत्यु दर्ताको कागज आएको छ। उनले भनिन्,’ सामाजिक सुरक्षा भत्ता बुझन पाउनु हुन्न तपाइँहरू घर जानुस् भने पछि मेरी आमा ना जवाफ भएर घर आउनु भयो। के भयो भनेर सोध्दा  रुँदै आमाले हातको कागज देखाएर भन्नु भयो, ‘हामी मरी सकेका रहेछौँ। बुबा केही बोल्न सक्नु भएन।’   के रहेछ भनेर बुझ्न जादा दैलेखबाट यस्तै पठाएको छ। हामी के गर्न सक्छौं बासगडी नगरपालिका ५ का सचिवले भने पछि आफू छांगाबाट खसे जस्तै भए दैलेखमा फोन गरेर सोध्दा सचिबले यताबाट राम्रो पठाएको बताए। कागज राम्रो सँग हेर्दा बुबाको मृत्यु दर्ता २०७५ एक महिना १० गते र आमाको २०७५ बाह् महिना २५ गते हालेर पठाएका रहेछन।  गल्ती गरेका छैनौँ भन्छन्   दैलेखको भगवतीमाई गाउँपालिका ५ का सचिवलाई गल्ती सुधारेर जाउ भन्दा  आफूले गल्ती नगरेको बताउछन् नानकलाले भनिन्। गाउँपालिका अध्यक्ष दान बहादुर थापालाई बुझ्दा आफूलाई यो विषयमा कुनै जानकारी नभएको यस बिषयको तत्कालै छानबिन गर्छु भन्नु भयो असारको दस गतेको कुरा हो साउनको ५ गते भयो अहिले सम्म कुनै पनि जानकारी नआएको नानकलाले बताइन।

वडा सचिवका कारण सास्ती  छोरी नानकलाकाले दैलेखको भगवतिमाई गाउँपालिका ४ का सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो सास्ती भोग्नुपरेको बताउँछिन। बाँचेका मेरा बुवा आमालाई मृत्यु दर्ताको गरीदिने अधिकार गाउँपालिकालाई कसले दियो उनले प्रश्न गरिन बाँचेका मान्छे आँखा अगाडि देख्दा देख्दै वडा सचिव र सामाजिक परिचालकले मेरा आमा बुबालाई मृत्यु दर्ता गरी दिन कसरी मिल्छ?

गाउँपालिका अध्यक्ष भन्छन कर्मचारीको गल्ति गरे  भगवतीमाई गाउँपालिका अध्यक्ष दान बहादुर थापाले थाहा खबरसंग कर्मचारीले गल्ति गरेको बताएका छन । गल्ति जोबाट पनि हुन्छ केहि मीडियामा अतिजनजित  तरीकाले थमाएका भनीयको छ । त्यो सरासर गलत हो कर्मचारीले नियत बस जानेर गल्ति गरेका हैनन् पन्जिकरणमा बसाई सराई जानुपर्ने कारण खुलाउँनु पर्ने रहे छ । आइटीले अन्जानमा बसाई सराईको कारण मृत्यु दर्तामा क्लिक गरी दिएकाले यस्तो गल्ती हुन पुगेको उनले बताए। उनलाई सिस्टममा उक्त गल्ती सुधारी सकिएको र उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता दिने प्रक्रिया अगाडि बढिसकेको थापाले बताए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।