हामीसँग जोडिनुहोस

काँग्रेस सभापति देउवाद्धारा प्रशिक्षणको उद्घाटन शीर्ष नेताबिच आरोप प्रत्यारोप (भिडियो र फोटो सहित)

3 मिनेट

२० भाद्र २०७६ ।

VIDEO

https://www.youtube.com/watch?v=2sgOhxwlgdI&feature=youtu.be

PHOTO

TEXT

भक्तपुरको बोडेमा आजबाट सुरु भएको नेपाली काँग्रेसको दुईदिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरु बिच आरोप प्रत्यारोप चलेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा भएको कार्यक्रमको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रुखमा पानी हालेर उद्घाटन गर्नु भएको हो ।

सभापति देउवाले चुनाव पार्टीमा अन्र्तघात गर्नेलाई कुनै हालतमा कारबाही गरिने बताउदै भन्नुभयो–“पार्टीमा अन्र्तघात गर्नेलाई कारबाही हुन्छ, कारबाही गर्न कसले रोक्छ हेर्छु म ? चुनावमा पार्टीलाई हराउनेलाई कारबाही गर्न नपाउँने ? कारबही हुन्छ, हुन्छ ।”

चुनावमा हराउने प्रति आक्रोसित हुदै सभापति देउवाले भन्नुभयो–“चुनावमा पार्टीले किन हार्यो ?, साच्चिकै पार्टी भित्र एकता भएर हारेको हो ?, एकता भएर हारेको होईन, टिकट पाईन भनेर एकले अर्कोलाई हराउन खोजेर हारेको हो, त्यसैले अब पार्टी एक हुनुृ जरुरी छ, अब हुने उपचुुनावमा काँग्रेसले जित्नु पर्छ, जितको सुरुवात भक्तपुरबाटै हुनुपर्छ ।”

स्वतन्त्र रुपमा लेख्न र बोल्ने नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै उहाँले प्रजातन्त्रको लागि नेपाली काँग्रेसले २००७ सालदेखि लड्दै आएको र अब पनि लड्ने बताउदै भन्नुभयो–“रामचन्द्रजी, अहिले पनि सरकारको गलत कामको विरुद्ध हामी लडिरहेका छौ, संसददेखि सडकसम्म आवाज उठाएका छौ ।”

पार्टी सभापति देउवाले सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै त्यसलाई कुनै हालतमा काँग्रेसले मान्दैन भन्दै सरकार एक भएर आवाज उठाउनु पर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा काँग्रेस नेता रामचन्द्र पौडेलले सरकारको गलत कामलाई काँग्रेसले आवाज उठाउन नसकेको बताउदै भन्नुभयो–“दुईतिहाईको बलमा संबैधानिक अंगदेखि बिभिन्न क्षेत्रमा एकतर्फी रुपमा सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाउदा पनि, प्रतिनिधीसभाको सभापति र उपसभापित एउटै पार्टीका हुँदा पनि, कानून बनाएर संबैधानिक व्यबस्था मिच्दै गएपनि काँग्रेसले आवाज उठाउन सकेन, रोक्न सकेन ?”

काग्रेस सही बाटोमा हिडे मात्रै देश सिही बाटोमा हिड्छ भन्दै पौडेलले पुरानै अन्धविश्वास, गुट उपगुटको एउटा एउटा हाँगो समातेर अन्धविश्वास तर्फ धेकेलिदै गएको काँग्रेस नभई लोकतान्त्रिकरण गरेर जनताले खोजेको काँग्रेस बनाउनु जरुरी रहेको बताउनुभयो ।

उहाँले नेकपाका अध्यक्ष प्रचण्डले काम गर्न सकेनौ, प्रतिगामीले मुन्टो उठाए भन्नु र प्रधानमन्त्रीले लोकतन्त्र खतरामा पर्यो भनेर सर्वदलीय बैठक बोलाई हार गुहार गर्नुले सरकार सफल हुन नसकी आत्तिएको आरोप लगाउनुभयो । त्यसअवसरमा काँग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले काँग्रेस भित्र बृहत एकता र सम्बन्ध विस्तार हुनुपर्ने औल्याउदै काँग्रेसका नेता कार्यकर्तामा नयाँ चेतना आउनु पर्ने भनाई राख्नुभयो ।

पार्टीभित्र आफू पनि परिवर्तन हुनुपर्छ र विचार व्यबहार र कार्य गर्ने शैली बदल्नु पर्छ भन्दै उहाँले गत चुनावमा पार्टीको केन्द्रदेखि तल्लोतहसम्म गल्ति गरेकाले त्यसलाई अब नदोहर्याउने गरि अगाडि बढ्नु पर्ने बताउनुभयो । सिटौलाले सरकारले चौतर्फी रुपमा हस्तक्षेप गरेर देश कब्जा गर्न खोजेको आरोप लगाउदै लोकतन्त्रलाई अहिले सिंहदरबार र जंगलबाट खतरा रहेको टिप्पणी गर्नुभयो ।

त्यसअवसरमा काँग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधीले पार्टीभित्र एकले अर्कोलाई गर्ने दोषारोपणबाट मुक्त हुदै काँग्रेसर जनतालाई जोड्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेता डा. शशांक कोईराला, संयोजक पुरुषोत्तम दाहाल, केन्द्रीय सदस्य अम्बिका बस्नेत लगायतले काँग्रेस एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवं काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आज र भोली संचालन हुने प्रदेश नं ३ का १३ जिल्ला मध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरि सात जिल्लाका ३१० जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको बताउनुभयो ।

प्रदेश नं ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।