हामीसँग जोडिनुहोस

जलविद्युत् आयोजनाको पीपीए एउटै दरमा गर्न माग

1 मिनेट

२१ भाद्र २०७६ ।  रुग्ण जलविद्युत् आयोजनाले साना र ठूला सबै खाले आयोजनाको पीपीए दर एउटै कायम गर्न माग गरेको छ । आयोजनाको पछिल्लो अवस्थाबारे शुक्रबार ऊर्जा मन्त्रालयमा गरिएको छलफलमा निजी क्षेत्रका ८३ वटा साना जलविद्युत् आयोजना वित्तीय जोखिममा परेको भन्दै आयोजनालाई जोगाउन सरकारसँग आग्रह गरिएको हो ।
सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्थामा रहेका २५ वटा जलविद्युत् आयोजना यतिबेला बन्द हुने अवस्थामा पुगेका छन । कुल ८४ मेगावाट क्षमता भएका यी आयोजनामध्ये केही आयोजना बैंकले लिलामी गर्ने अवस्थामा पुगेका छन् । अब निजी क्षेत्रका आयोजनालाई सरकारी क्षेत्रबाट नै नियमन गर्नुपर्ने महसुस भएको रुग्ण जलविद्युत् आयोजना समन्वय समितिले जनाएको छ । हाल ८३ वटा आयोजना निजी क्षेत्रको प्रवद्र्धनमा सञ्चालनमा रहेका छन् । यी आयोजनामा ५४ अर्ब लगानी गरेको निजी क्षेत्रको अहिले लगानी नै धरासायी हुने अवस्थामा रहेको आयोजनाका प्रवद्र्धकले जनाएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।