हामीसँग जोडिनुहोस

प्रचण्ड प्रधानमन्त्री बन्दैनन्: विष्णु पौडेलको भनाई (भिडियो सहित)

1 मिनेट

 

२१ भाद्र २०७६ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको दाबी गर्नुभएको छ ् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव पौडेलले यस्तो बताउनभएको हो ।
पौडेलले आगामी महाधिवेशनसम्म पार्टी्भित्र दुई जना अध्यक्ष नै रहने जिकिर गर्नुभयो । उहाँले भने,”महाधिवेशनले के गर्छ ? त्यो त महाधिवेशनले नै गर्ला । अध्यक्षलाई अधिकार त हाम्रो विधानले नै दिएको छ नि । हामीले निर्णय गरेर सहमतिमा सर्वसम्मतीले विधान निर्माण गरेका छौं । विधानमा दुई जना अध्यक्षको प्रवन्ध गरिएको छ । अध्यक्षहरुलाई विधानले निश्चित् प्रकारको अधिकार प्रत्यायोजन गरेको छ । त्यो अधिकार उहाँहरुले प्रयोग गर्नुहुन्छ । अहिलेपनि गरिरहनुभएको छ । त्यसकारण अधिकार लिने वा दिने भन्ने प्रश्न नै छैन् ।”
उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री भएको दाबी गर्नुभयो । माधव कुमार नेपालले अघि सारेको एक व्यक्ति, एक पदको अवधारणा पार्टीको विधान नभएको पनि उहाँको जिकिर छ । उहाँले भन्नुभयो,”यो पार्टीको लाईन होईन । पार्टी विधानले पनि त्यो कुरा भन्दैन् । पार्टी एकता गर्ने बेलापनि यो कुरा गरिएको छैन् । र, हामीले एकता गर्दा जुन विधान निर्माण गरेका छौं । त्यही अनुसार पार्टी अगाडि जान्छ ।”

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।