
२१ भाद्र २०७६ । अरनिको राजमार्ग ६ लेन सडक खण्ड अन्तर्गत मध्यपुरथिमि चारदोबाटोमा कन्टनेरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बा.५ख. ७६०२ नम्बरको कन्टेनरले ठक्क। दिदाँ मध्यपुर थिमि वडा नं ४ ६४ वर्षीय समाजसेवी एवं संस्कृतिकर्मी लक्ष्मीभक्त लाखे श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
श्रेष्ठलाई ठक्कर दिएलगत्तै उपचारका लागि समिट अस्पताल लगिएकोमा काठमाण्डौ मेडिकल कलेज रिफर गरिएको र त्यहाँ पनि उपचार हुन नसके पछि मेडिसिटी अस्पताल रिफर गरि उपचारको क्रममा मृत्यु भएको उहाँको भनाई छ ।
ठक्कर दिने कन्टेनर चालक सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका १ बस्नेत ३६ वर्षीय मिङमार शेर्पा र कन्टेनरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।