हामीसँग जोडिनुहोस

मानवीय आस्था नेपालद्वारा एक सय भन्दा बढीलाई तालिम भक्तपुर

1 मिनेट

२३ भाद्र २०७६ ।  मानवीय आस्था नेपालले एक सय पाँच जनालाई बिभिन्न तालिम प्रदान गरेको छ । संस्थाले ४० जना महिलाहरुलाई बेसिक तथा एड्भान्स सिलाई तालिम तथा सिलाई सामग्री, १५ जनालाई काष्ठकला तालिम तथा सामग्री र ५० जनालाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको संस्थाका अध्यक्ष श्रीकुमार रन्जितले जानकारी दिनुभयो। संस्थाले तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई गत शनिबार एक कार्यक्रमको आयोजना गरी सामग्री र प्रमाणपत्र प्रदान ग¥यो। कार्यक्रममा बेसिक सिलाई, एड्भान्स सिलाई र काष्ठकला तालिममा प्रथम, द्वितीय र तृतीय हुने सहभागिलाई पुरस्कृत समेत गरेको छ ।
सामग्री तथा प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका संरक्षक एवम् प्रतिनिधिसभा सांसद महेश बस्नेतले युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम अन्तर्गत बिभिन्न सिपमूलक र क्षमता अभिबृद्धिका तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले वर्तमान सरकारले युवाहरुलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन बिभिन्न शीर्षकमा सहुलियत ऋण प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले तालिममा सहभागिहरुले प्राप्त सिप र ज्ञानलाई रोजगारमूखि कार्यमा उपयोग गर्नसके बेरोजगारी समस्या आफै अन्त्य हुने बताउनुभयो। बिदेशमा रहेका युवा श्रमशक्तिको उचित उपयोग गरी समृद्ध नेपाल बनाउने अभियानमा वर्तमान सरकार सक्रिय बनिरहेको उहाँको भनाई छ ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले सामाजिक रुपान्तरणमा क्रियाशिल संस्थाहरुले युवाहरुलाई स्वरोजगारीको अवसर सिर्जना हुनसक्ने खालका तालिमहरु सञ्चालन गर्दैआइरहेको बताउनुभयो। उहाँले सामाजिक संघसंस्थाहरु सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली निर्माण अभियानका साझेदार र सहयोगी निकाय भएको उल्लेख गर्नुभयो। सो अवसरमा एइआईएन लग्जम्बरका कन्ट्री कोअर्डिनेटर रमेश त्वायनाले युवा जनशक्ति उत्पादन, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षालगायतका कार्यक्रमहरु सञ्चालन गर्नका लागि दातृ निकायका साथै सरकारी एवम् गैर सरकारी निकायहरुले संयुक्त कोष स्थापना गरी कार्यक्रमहरुलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद मानन्धर, सचिव उत्तरा नेपाल, कार्यक्रम संयोजक जयराम वाग्लेलगायतले मानवीय आस्था नेपालले नागरिकहरुको जीवनस्तर रुपान्तरणका लागि संस्थाले गरेका गतिविधिहरुका बारेमा चर्चा गर्नुभयो। नारी सेवा

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।