
२३ भाद्र २०७६, भक्तपुर । नारी सेवा बचत तथा ऋण सहकारी संस्था लि. को १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेफ्स्कुनका पूर्व अध्यक्ष एवम् सहकारीबिद् कैलाशभक्त प्रधानाङ्गले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै बिभिन्न तहका सरकारका फरक–फरक नीति र निर्णयले समस्या पारेको बताउनुभयो। उहाँले सरकारले सहकारीमार्फत गरिबीको रेखामूनि रहेका आम मानिसहरुको जीवनस्तर रुपान्तरणका लागि उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने ढंगबाट सहकारीहरुको व्यवस्थापन र सञ्चालनको नीति अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो। नागरिकहरुका लागि नागरिकहरुद्वारा नै सञ्चालन हुने सहकारी नीतिलाई आत्मसाथ गर्दै सहकारीलाई उत्पादन, रोजगारी र विकाससँग जोड्नुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष सुचित्रा सैंजुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो। सो अवसरमा असल बाल बचतकर्ता, शेयर सदस्य, बढि बचत गर्ने बाल सदस्य एवम् शेयर सदस्य, असल बचतकर्ता, असल ऋणिलाई पुरस्कृत गरिएको थियो। साधारण सभामा एसइइ उतिर्ण बाल सदस्यहरुलाई समेत पुरस्कृत गरिएको थियो। संस्थाका अध्यक्ष सहना पसखलले नारी सेवाको स्थापना, यसको उद्देश्य र संस्थाले प्रदान गर्दै आएको सेवाका सन्दर्भमा जानकारी दिनुभयो। अध्यक्ष पसखलले संस्थाले नारीहरुको पहिचान स्थापित गर्ने ढंगबाट, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा योगदान पु¥याएको चर्चा गर्नुभयो। साधारणसभाले संस्थाका सचिव शीला कर्माचार्यद्वारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन तथा प्रस्ताविक कार्यक्रम र कोषाध्यक्ष गिता खतिवडा (शर्मा) द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।
संस्थाले आ.ब. ०७५÷०७६ मा ३ करोड ८० लाख ५५ हजार बचत संकलन गरि ४ करोड ६१ लाख ७९ हजार कर्जा लगानी गरेको जनाएको छ । संस्थाले आ.ब.०७५÷०७६ मा ३ लाख ४४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । संस्थामा हाल १५ सय १० सदस्य रहेका छन्।