हामीसँग जोडिनुहोस

भ्रष्टाचार र बेथिती अन्त्य गर्न साइकल यात्रा गर्दै डोटीको दिपायल पुगे कर्ण श्रेष्ठ

1 मिनेट

२३ भाद्र २०७६, डोटी । सामाजिक सद्भाव र विकासको मन्त्रसहित साइकल यात्रामा हिँडेका अभियान्ता कर्ण श्रेष्ठ डोटीको दिपायल आइपुग्नुभएको छ ।
भ्रष्टाचारको अन्त्य, सामाजिक सद्भाव र विकासमा सहकार्यको अपिलसहित यात्रा शरू गरेका श्रेष्ठले ६१ औं जिल्लाका रूपमा डोटीको दिपायल पुग्नु भएको हो।
उहाँले भ्रष्टाचार अन्त गर्नका लागि २०७५ साल चैत ३ गते आफ्नै गृह जिल्ला खोटाङबाट यात्रा शुरू गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘म भ्रष्टाचार अन्त्य गर्नका लागि साइकल यात्रामा हिँडेको छु, सबैको सहयोग आवश्यक हुनेछ।’ राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा देखिएको बेथिती हटाउन दबाबका लागि देशव्यापी साइकल यात्रा थालेको उहाँले जानकारी दिनुभयो।
उहाँको उक्त अभियानमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, नागरिक समाजले पनि सहयोग गरेका छन्।
धार्मिक पर्यटन पहिलो समृद्धिको आधार हुनुपर्छ र भ्रष्टाचार अन्त्य पहिलो मुद्दा बन्नुपर्छ भन्ने मान्यता बोकेर हिँडेका श्रेष्ठले देश हाम्रो हो, सबैले मिलेर बनाउँ हाम्रो रोग भ्रष्टाचार अन्त्य गरौं, भन्ने सन्देश फैलाउदै आउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा र डोटी पुग्नु भएका श्रेष्ठले यहाँका अन्य ६ जिल्लापनि साइकल भ्रमण गर्ने बताउनुभयो।
यहाँका तराईका जिल्लाको यात्रापछि आगामी असोजमा चितवनमा यात्रा समापन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। एक्लै यात्रामा हिँडेका श्रेष्ठ आजै छिमेकी जिल्ला डडेल्धुरातर्फ साइकलमै जानुभएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।