हामीसँग जोडिनुहोस

हटेन कास्मिरमा कफ्र्यु , जुलुसमाथि अश्रुग्यास र गोली प्रहार

1 मिनेट

२३ भाद्र २०७६, श्रीनगर, (एजेन्सी)। सिया मुश्लिम समूह र सुरक्षाकर्मीहरूबीच भिडन्त शुरु भएपछि काश्मिरका विभिन्न क्षेत्रमा भारतले आइतबार कफ्र्यु आदेश जारी गरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । प्रत्यक्षदर्शी र सरकारी अधिकारीहरुका अनुसार जुलुसमा संलग्न मुश्लिम समूह र सुरक्षा फौजबीच झडप शुरु भएको थियो ।
अन्तर्रा्ष्ट्रिय समाचार निकाय रोयटर्सले शनिबार साँझ भएको उक्त भिडन्तमा कम्तिमा १२ जना स्थानीय वासिन्दा र ६ जना सुरक्षाकर्मी घाइते भएका छन्।
परम्परागत शोक जुलुस मुहर्रममा भाग लिइरहेका मुश्लिमहरूलाई सुरक्षा फौजले रोक्न खोजेपछि भिडन्त चर्केको थियो। नाम खुलाउन नचाहने एकजना भारतीय सरकारी अधिकारीले सुरक्षा फौजले सो जुलुसमाथि अश्रुग्यास र गोली प्रहार गर्न थालेपछि जुलुसमा सहभागीहरुले फौजमाथि ढुंगामुढा गरेको बताएका छन्।
राति अबेरसम्म सो झडप जारी रहेको थियो। तर भारतको गृह मन्त्रालयका महिला प्रवक्ताले भने यस घटना सम्बन्धमा कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेकी छिन्। श्रीनगरको मध्यशहर लाला चोकलगायत त्यसका वरपरका क्षेत्रमा कफ्र्यु लगाइएको हो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।