
२३ भाद्र २०७६ । करिब एक महिना लामो थाइल्याण्ड बसाई पछि पुर्वराजा ज्ञानेन्द्र शाह, पुर्वरानी कोमल र बुहारी हिमानी आज सोमबार नेपाल फर्कने हुनुभएको छ । पुर्वराजाको सक्रियताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ससंकित भएको अवस्थामा लगातार थाइल्याण्ड भ्रमण गर्नुभएका ज्ञानेन्द्र नेपाल फर्कन लाग्नुभएको हो ।
थाइल्याण्डमा अध्ययनरत नातिनी पुर्णिकालाई भेट गर्ने कारण देखाउदै थाइल्याण्ड जाने गर्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाउदै भारत लगायतका देश भ्रमण गर्ने गर्नुभएको छ । ज्ञानेन्द्र गएको साउन २४ गते निजी सचिव सागर तिमल्सिनाका साथ थाईल्याण्ड जानुभएको थियो । अघिल्लो दिन अर्थात साउन २३ गते पुर्वयुवराज्ञी हिमानी र पुण्किा थाइल्याण्ड पुगेका थिए ।
नितान्त पारिवारिक रहेको भनिएको सो भ्रमणको उद्देश्यबारे प्रष्ट पारिएको छैन । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले हिन्दुराज्य सहितको राजतन्त्र ल्याउने हल्ला चलाइरहेको बेला पुर्वराजा ज्ञानेन्द्र निजी भ्रमण भन्दै थाइल्याड जानु अर्थपुर्ण रुपमा हेरिएको छ । ज्ञानेन्द्र थाइल्याण्ड जानुभएको करिब एक साता पछि कोमल थाइल्याण्ड जानुभएको थियो । अधिकांस भ्रमणमा पुर्वराजा ज्ञानेन्द्र ,कोमल र हिमानी संगसंगै निस्कने गर्नुभएको छ ।
पढाइमा समस्या पर्ने भन्दै नाति हृदयन्द्र र छोरा पारस काठमाडौमै रहनुभएको थियो । कान्छी नातिनी किर्तिका केही दिन अघिनै नेपाल फर्किनुभएको थियो । नेपाल फर्किएपछि पारस एक पटक पनि थाइल्याण्ड जानुभएको छैन ।
‘नेपालबाट अन्य मुलुक जादा हल्ला हुने भएकोले नातिनीको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको छ’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । भ्रमणमा निजी सुरक्षाकर्मी शसस्त्रका डिएस्पी र केही कामदार बाहेक अरुलाई सहभागि गराइएको छैन ।