हामीसँग जोडिनुहोस

नेपाली महिला फुटबल टोलीको सानदार जित

1 मिनेट

२३ भाद्र २०७६, काठमाडौ ।  किर्गिस्तानमा भइरहेको नाडेज्डा कप महिला फुटबल प्रतियोगितामा नेपालले घरेलु टोली किर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएर शानदार जित हात पारेको छ ।
नेपालको पुरुष फुटबल टोलीले गोल खाइरहँदा नेपाली महिला फुटबल टोलीले विदेशमा पनि गोलको वर्षा गरिरहेको छ। किर्गिस्तानकै मैदानमा नेपाललाई जित दिलाउन नेपालकी सुुपरस्टार स्ट्राइकर सावित्रा भण्डारी एक्लैले ४ गोल गरिन् ।
साम्बा उपनामले चर्चित उनले तेस्रो मिनेटमै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले १५औं र ३०औं मिनेटमा थप गोल गरेर ह्याट्रिक पनि पूरा गरेकी थिइन्।
यस्तै उनले व्यक्तिगत चौथो गोल ५३औं मिनेटमाा फ्रि–किक प्रहारमार्फत् सम्भव पारेकी थिइन्। त्यसो त साम्बाले १५औं मिनेटमा २–० ले नेपाललाई अग्रता दिलाए पनि किर्गिस्तानले २ गोल फर्काएर २२औं मिनेटमा खेल २–२ बराबरीमा ल्याएको थियोे ।
तर २५औं मिनेटमा दीपा राईले गोल गर्दै नेपाललाई पुनः३–२ को अग्रतामा राखिन्। यसको ५ मिनेटपछि साम्बाले ४–२ को अग्रतामा पुर्याएकी थिइन् । यसैगरी ३४औं मिनेटमा गोल गरेकी अनिता बस्नेतले ३७औं मिनेटमा कप्तान नीरू थापालाई गोल गर्न सहयोगी बनेकी थिइन्। योसँगै नेपालले पहिलो हाफमै ६–२ को अग्रता लिन सफल भएको थियो।
दोस्रो हाफमा साम्बाले एक गोल थपिन् भने अन्तिम मिनेटमा अनिताले गोल गरेकी थिइन्। उनको यो खेलमा दोस्रो व्यक्तिगत गोल थियो । ४ टोली सम्मिलित प्रतियोगिताअन्तर्गत् अर्को खेलमा उज्बेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले हराएकोे थियो।
नेपालले आज हुने आफ्नो दोस्रो खेलमा उज्बेकिस्तानसँगै खेल्नेछ। मंगलबार नेपालको सामना ताजिकिस्तानसँग हुनेछ। नेपालले उज्बेकिस्तानलाई हराएमा फाइनलमा स्थान सुरक्षित गर्न सक्नेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।