
२९ भाद्र २०७६,भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को १९औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी तेजेश्वरबाबु ग्वंगले समूदायका नागरिकद्वारा समूदायकै लागि आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान र विकासका लागि स्थापित सहकारीहरुका कारण सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न ठुलो टेवा पुगेको बताउनुभयो । उहाँले सहकारीहरुकै माध्यमबाट आमसर्वसाधारण मानिसहरुको कष्टकर जीवनलाई सहज बनाईदिएको उल्लेख गर्नुभयो । ग्वंगले शुभकामना सहकारीले भक्तपुर जिल्लामै उत्कृष्ट ढंगबाट आर्थिक, सामाजिक र सांस्कृतिक कार्यहरु गरेकै कारण अन्र्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत हुन सफल रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका उपाध्यक्ष केदार खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका उपाध्यक्ष हरि बल्ल, संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाललगायतले स्थानीय तह, प्रदेश र संघका सहकारी ऐनमा देखिएका केही अन्योलताले सहकारीका सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै एक भन्दा बढि सहकारीको सदस्य बन्न नपाउने प्रावधान र प्रदेश तथा स्थानीय तहले लिने करका बिषयमा अन्योलता देखिएकोले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो । संस्थाका अध्यक्ष न्हुछेकुमार त्वायनाको सभापतित्वमा सम्पन्न कार्यक्रमकोबन्द सत्रले सचिव निर्मला सुवालद्धारा प्रस्तुत प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष नारायण बहादुर बासुकलाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट पारित गरेको छ ।
७ हजार ७ सय ८४ जना सदस्य रहेको संस्थाको शेयर पूँजी ८ करोड २७ लाख ३९ हजार, जगेडा तथा अन्य कोष ११ करोड ६९ लाख, बचत संकलन ७६ करोड ४२ लाख र ऋण लगानी ६७ करोड २ लाख २७ हजार रहेको संस्थाका उपाध्यक्ष राम कासुलाले जानकारी दिनुभयो । १ अर्व १ करोड ३ लाख ९९ हजार कुल कारोवार गरेको संस्थाले आ.ब. ०७५÷०७६ मा ३ करोड ५१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्यश्याम दुवालले जानकारी दिनुभयो ।