हामीसँग जोडिनुहोस

कागेश्वरी मनोहरामा विश्वकै ठूलो काग निर्माण हुने (भिडियाे)

1 मिनेट

सोम शर्मा (बजगाईं) ३० भाद्र २०७६, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गागलमा दुई हजार किलोको विश्वकै ठूलो अष्टधातुको काग निर्माण गरिने भएको छ । नेपाल पर्यटन बर्षलाई लक्षित गरि पर्यटन प्रबद्र्धन गर्न कागेश्वरीको गागलमाकाग निर्माण हुन लागेको हो ।लोकतान्त्रिक सहिद पार्कमा फागुन ७ गते कागेश्वरी महोत्सवमा उक्त अष्टधातु कागको उद्घाटन गरिने प्रदेशसभा सांसद रामेश्वर फुँयालले जानकारी दिनुभयो ।
काग निर्माणका लागि प्रदेश सांसद फुँयाल र कागेश्वरी मनोहरा नगरपालिकाको नेतृत्वमा स्थानीय नागरिकहरुबाट धातु संकलन अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा २३ सय केजी बिभिन्न धातुहरु संकलन भएकोनगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिनुभयो ।
धातु संकलन कार्यक्रममा नेकपा प्रदेश ३ का संसदिय दलका मुख्य सचेतक समेत रहनुभएका रामेश्वर फुँयालले विश्वकै ठूलो दुई हजार किलोको काग निर्माण गरेर इतिहास रच्न लागेको बताउनुभयो । अहिले इन्डोनेशियामा एक हजार चार सय किलोको धातुको काग निर्माण भएको भन्दै अव २ हजार केजीको काग नेपालमै बन्ने उहाँले बताउनुभयो ।

भिडियाे

https://www.youtube.com/watch?v=xCklm2Uxrho

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।