हामीसँग जोडिनुहोस

दुई अर्ब ५० करोड नाफा गर्ने कुलमानको तयारी

1 मिनेट
Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

३० भाद्र २०७६, काठमाडौं  | आर्थिक वर्षमा विद्युत् चुहावट रोकेर रु सात अर्ब नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् चुहावट घटाएर रु दुई अर्ब ५० करोड थप नाफा गर्ने लक्ष्य राखेको छ ।
प्राधिकरणले यो वर्ष चुहावट १५ बाट १२ प्रतिशतमा झारेर यो रकम आम्दानी गर्ने लक्ष्य राखेको हो । गत आर्थिक वर्षमा ५ प्रतिशत चुहावट घटाएर झण्डै रु ७ अर्ब थप आम्दानी गरेको थियो ।
पछिल्लो तीनवर्षयता निरन्तर विद्युत् चुहावट कम गर्दै गएको प्राधिकरणले चालू आवमा ३ प्रतिशत विद्युत् चुहावट घटाउन सकिने लक्ष्य लिएको हो ।
कूल १ प्रतिशत चुहावट घटाउँदा प्राधिकरणलाई रु ८० करोड ँ थप आम्दानी हुन्छ । ३ प्रतिशत घटाउन सफल भएमा रु २ अर्ब ४० करोड थप आम्दानी हुने देखिएको छ ।
तीन वर्षअघि विद्युत् चुहावट २५ प्रतिशत थियो । त्यसपछिका वर्षमा निरन्तर चुहावट घटाएर प्राधिकरणले गत आर्थिक वर्षमा १५.३२ प्रतिशतमा झारेको थियो ।
तीन वर्षको अवधिमा विद्युत् चुहावट १० प्रतिशत घटेको हो । यसबाट प्राधिकरणले रु ७ अर्ब २० करोड नाफा कमाएको थियो ।चालू आर्थिक वर्षमा ३ प्रतिशत विद्युत् चुहावट कम गरी १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।