हामीसँग जोडिनुहोस

हङकङमा विरोध प्रदर्शन जारी, अश्रुग्यास र पानीको फोहोरा प्रहार

1 मिनेट

३० भाद्र २०७६ । हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।
प्रदर्शन गर्न रोक लगाइएका ठाउँहरुमा आन्दोलनकारीर्ले याली निकालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरको हो । जसका कारण कयौं व्यापारीक संयन्त्रहरुमा क्षति पुगेको छ ।
सुपुर्दगी विधेयकको बिरोधमा सुरु भएको प्रदर्शन अहिले लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित रहने गरेका छन् । हङकङको प्रदर्शन महिनौंसम्म जारी छ ।
यसैबीच हङकङको अदालतले प्रदर्शनमा सहभागी नहुन दिएको आदेश अटेर गर्दै आन्दोलनकारीले सरकारी कार्यालय र संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन् ।
हङकङ मामिला आफनो आन्तरिक भएको बताउँदै आएको चीनले प्रदर्शनकारीलाई चेतावनी दिएपछि आन्दोलनले झन उग्र रुप लिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।