कोलकाता, भदौ ३० । उड्न लागेको विमानमा मौरीले हमला गर्दा यात्रीले तीन घण्टाभन्दा बढी समय सास्ती व्यहोर्नु परेको छ ।
भारतको कोलकातास्थित विमानस्थलमा आइतबार एयर इन्डियाको एउटा विमानमा मौरीले हमला गरेको हो ।
उडानका लागि रनवेमा विमान पुगिसकेपछि मौरीको झुण्ड विमानको अघिल्लो भागमा आएर बसेपछि पाइलटले उडान रोकेका हुन् । मौरी बसेकै अवस्थामा विमान उडाउँदा इन्जिनभित्र मौरी पस्न सक्ने र जोखिम निम्तिन सक्ने भएपछि पाइलटले ‘एयर कन्ट्रोल रुम’मा जानकारी गराएका थिए ।
उक्त विमानलाई पुनः ‘ट्याक्सी वे’ मा फिर्ता ल्याएर दमकलको सहायतामा मौरी भगाइएको थियो ।
प्राविधिकहरुले विमानको इन्जिनभित्र मौरी पसे–नपसेको जाँच गरेपछि मात्र उक्त विमान निर्धा्रित गन्तव्यतर्फ उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान निर्धा्रित समयभन्दा तीन घण्टाभन्दा बढी ढिलोगरी प्रस्थान गरेको बताइएको छ ।
Related
अन्य समाचार
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ३ लाख नाघ्यो
-
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
-
आज International Day of Human Space Flight विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

1 मिनेट