हामीसँग जोडिनुहोस

मिस इकलेज–२०१९ भइन् एलिसा

0 मिनेट

‘मिस इकलेज–२०१९’मा एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् । ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत उनले मल्टिमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्ड पनि हात पारिन् ।

सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको प्रतियोगितामा ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृती शाहीले फष्ट रनरअपको ताजसहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारिन् ।

सेकेन्डरनरअपको ताज गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जितिन् भने थर्ड रनरअप रुषा नापितले बाजी मारिन् । उनले मिस पर्शनालिटी र फोटोजेनिक अवार्ड पनि जित्न सफल भइन् ।

ट्रेण्डिङ