हामीसँग जोडिनुहोस

यी हुन् मोदीले लिलामीमा लागि राखेका उपहार

1 मिनेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्राप्त उपहारहरु लिलामीमा राखिएको छ । इन्टरनेटमार्फत् लिलामीमा राखिएका उपहारहरुको मोलमोलाई चलिरहेको छ ।
मोदीले लिलामीका लागि राखेकामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ समारोहमा दिल्लीमा पुगेर दिएको उपहार समेत समावेश छ । १४ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म राखिएको लिलामीमा प्राप्त रकम गंगा नदी सफाईमा लागेको ‘नमामि गंगे’ परियोजनामा प्रयोग हुने बताइएको छ ।

हरेक दिन विहान ११ बजेदेखि साँझ ८ बजेसम्म दिल्लीस्थित जयपुर हाउसमा मानिसहरु पुगेर मनपर्ने उपहार खरिद गरिरहेकाछन् । हरेक सामानको अलग मूल्य राखिएको छ । उपहारको मूल्य दुई लाख भारतीय रुपैयाँभन्दा बढीको पनि छ ।

लिलामीमा राखिएका उपहारहरुमा अधिकांश हिन्दु र बुद्ध धर्म सम्बन्धि सामाग्री छन् । भगवान बुद्ध, शिव, काली, देवीका धातुका मूर्ति समेत छन् । परम्परागत हतियारहरुमा तरबार अत्याधिक छन् । यसबाहेक भित्तामा टाँस्ने चित्रकला समेत छन् ।

घरबार त्यागेर कुनै सम्पत्ति नराख्ने प्रण गरी राष्ट्रिय स्वयंसेवकको कार्यकर्ता बनेका मोदी पछिमात्र राजनीतिमा सक्रिय भएका थिए । उनलाई तत्कालिन भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीले गुजरातको मुख्यमन्त्री बनाएर पठाएपछि राजनीतिमा उचाई लिन सकेका थिए । उनलाई धनदौलत त्यागेको योगीका रुपमा बुझिदै गर्दा विवाहबारेको रहस्य पछिमात्र जानकारीमा आएको थियो । तर, विवाहको केही महिनामै घर त्यागेका उनले पत्नीलाई त्यसयता भेटेका छैनन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।