हामीसँग जोडिनुहोस

गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड जलेर नष्ट

1 मिनेट

गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केकाे थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट  नष्ट भएका छन् ।

राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । छिमेकी, प्रहरी र दमकलको सहायतामा आगो निभाइएको थियो ।

गायक राजेश पायल राई भने अहिले सांगीतिक टुरका लागि विदेशमा छन् । घरमा केही मानिसहरु मात्र भएको अवस्थामा आगो लागेको थियो ।आगो लागेपछि राजेशले फेसबुकमा स्टाटस लेख्दै सबैभन्दा ठूलो समय नै भएको बताएका छन् । उनले लेखेका छन्–‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदोरहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’

उनले अवार्डहरु जले पनि दर्शकले दिएको माया कहिले नजलोस् भनेर कामना पनि गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।