हामीसँग जोडिनुहोस

चाँगुनारायणले नगर क्षेत्रभित्र दिगो विकासका कार्ययोजना तयार गर्ने

2 मिनेट

चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र दिगो विकासका सबै लक्ष्य हासिल गर्ने गरि कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले शान्ति, न्याय, सुशासन प्रबद्र्वन गर्न सरोकारवाला निकाय तथा सामाजिक संघसंस्थाहरुसँग साझेदारी गर्दै अघि बढ्ने बताउनुभयो । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरले आयोजना गरेको ‘नेपालमा दिगो विकास लक्ष्य १६ को स्थानीयकरण’ बिषयक नगरपालिका स्तरिय अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख मिश्रले महिला हिंसा अन्त्य, बालअधिकारको सुनिश्चितता, स्वास्थ्यको अवसर, गुणस्तरिय शिक्षा, रोजगारको अवसर सिर्जना, सुरक्षाको प्रत्याभूति गराउने गरि नगरपालिकाले योजना बनाएर कार्य गरिरहेको बताउनुभयो । उहाँले विश्वले सन् २०३० सम्मका लागि तय गरेका १७ मध्ये नेपालको सन्दर्भमा आवश्यक १६ वटा लक्ष्य निर्धारित समयभन्दा अगावै गर्न नगरपालिका प्रतिबद्व रहेको उल्लेख गर्दै यसका लागि ठुलो बजेट, स्रोत र साधन आवश्यक भएकाले सबै सरोकारवालाको साझेदारी आवश्यक रहेको बताउनुभयो ।
अन्र्तक्रिया कार्यक्रममा नगर उपप्रमुख विना बास्तोलाले दिगो विकास लक्ष्यले निर्धारण गरेका कार्यहरु कुनै न कुनै रुपमा नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा समावेश भएको उल्लेख गर्दै नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई दिगो विकास लक्ष्यसँग जोड्ने गरि योजना कार्यान्वयन गर्ने बताउनुभयो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जीतराम लामाले दिगो विकास लक्ष्य गाउँ र नगरका पहुँच नपुगेका तल्ला स्तरका नागरिकको पहुँचसँग जोडिएको बताउनुभयो । अध्यक्ष लामाले स्थानीय सरकारले नागरिकका सामान्य आवश्यकताका बिषयलाई सुक्ष्म रुपमा अध्ययन गरि उनीहरुका माग र आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो । नागरिकका सामान्य आवश्यकतालाई ध्यान दिन नसक्दा समाजमा शान्ति र सुशासन चुनौती बन्ने गरेको बताउनुभयो ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनताका आधारभूत आवश्यकता, जलवायु परिवर्तनले पारेका असर न्यूनिकरण, वातावरणिय व्यवस्थापन, गाँस, बाँस, कपासको व्यवस्था, सूचनाको हक, सुशासन, शान्ति, न्यायको प्रत्याभूति गराउनेतर्फ नगरपालिकाको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा गैसस महासंघका केन्द्रिय महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव अर्जुन भट्टराई, भक्तपुर जिल्ला शाखा सचिव नारायण प्रसाद न्यौपाने, कार्यक्रम संयोजक अनिल उपाध्यायलगायतले दिगो विकास लक्ष्य १६ को स्थानीयकरणको आवश्यकता र औचित्यतामाथि चर्चा गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।