गुल्मी,श्रावण ७ । गुल्मीको सत्यवति गाउँपालिकाका दुईवटा वडामा पहिरोले घर पुरिदा सोमबारदेखि परेका अविरल वर्षाका कारण ६ जनको मृत्यु भएका्े छ . ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । १२ वर्षीया करिष्मा त्रामु र १४ वर्षकी धनी त्रामु भने घाइते भएका छन् । सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको मृत्यु भएको छ । पानी परिरहेकाले उपचारमा लैजानका लागि समस्या परेको छ । यता, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर वटा बगाएको र चार घरमा कति जना थिए भन्ने बारेमा खुलेको छैन ।
यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राति घर बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।
घटनास्थलमा जिल्लाबाट ३ वटै सुरक्षा निकायका टोलि उद्धारको लागि घटना स्थल पठाइएको छ । अहिले पनि पानी परिरहेकाले उद्धारमा समस्या भइरहेको छ ।