
श्रावण ७ । आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नै नेपाल कतारसँग ४ विकेटले पराजित गरेको छ । छनौटको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वा्धिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए । त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले र्निधारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो । खड्का र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे ।
कप्तान खड्काले १७ बलमा ४ चौका र १ छक्काको मद्दतले २८ रन बनाए भने मल्लले २४ बलमा २३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले र्सवाधिक ३४ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए । ऐरीले ३५ बलमा एक चौका र एक छक्का हिर्काए । अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।