हामीसँग जोडिनुहोस

नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता नभएको ः प्रचण्ड

1 मिनेट

https://www.youtube.com/watch?v=XrDcnQMHJOY&feature=youtu.be

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्ता नभएको बताउनुभएको छ ।
तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा उहाले विचार र सिद्धान्तका हिसाबले कम्युनिष्ट कमजोर बन्दै गइरहेको बताउनुभयो । प्रचण्डले कम्युनिष्टहरु आदर्श र निष्ठाबाट बिचलित हुँदै गएकाले नेपालका कम्युनिष्टहरु कम्युनिष्टजस्तो नभएको प्रष्ट पार्नुभयो । आफूले बोलेका कुराले दोहोरो अर्थ लाग्नेगरी चर्चा भए पनि आफुले बोल्ने कुरा सत्य नै हुने उहाको भनाइ थियो । उहाले पछिल्लो समयमा कम्युनिस्ट पार्टी र अन्य पार्टी छुट्याउनका लागि जनतालाई गाह्रो पर्ने अवस्था आएको धारणा राख्नुभयो । प्रचण्डले जनताको चाहनाअनुसार काम गर्न नसकेको पनि स्वीकार गर्नुभयो। दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिष्ट पार्टीले गति लिन नसकेको भन्दै त्यसका लागि नेतृत्वकै कमजोरी रहेको उहाको भनाई छ । अध्यक्ष प्रचण्डले गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता नगरेको पनि जिकिर गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै समाजवादभन्दा अन्य विकल्प नभएको बताउनुभयो । सहानाका छोरा उमेश श्रेष्ठले बर्षमा एक दिन गरिने सरकारी श्राद्धले साहना प्रधानको सपना पुरा नहुने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।