
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औँ जन्मदिनका अवसरमा शुभकामना दिएका छन् । मंगलबार प्रधानमन्त्री ओलीले ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन तथा स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन्।
ओलीले लेखेका छन् ‘नेपाली वाङ्मयले अझै लामो समय उनका साधनामय सिर्जना प्राप्त गर्न सकोस् ।’ हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।