उत्तर–पूर्वी सिरियाको इड्लिबमा हवाई आक्रमणमा परी कम्तिमा ५० जना नागरिक मारिएका छन् भने सयौँ घाइते भएका छन् । विद्रोहीको पकडमा रहेको इड्लिबमा सिरियाली र रुसी सैनिकले हवाई आक्रमण गरेको स्थानीय तथा उद्धार टोलीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । व्यस्त तरकारी बजारमा आक्रमण हुँदा ३६ जना नागरिकको मृत्यु भएको र अन्य दुई अज्ञात व्यक्ति मारिएका हुन् ।
त्यसैगरी सोमबार नै इड्लिबका अन्य क्षेत्रमा सरकारी सेनाको आक्रमणमा १२ जना नागरिक मारिएको बेलायत आधारित सिरियन अब्जरभेटोरी फर ह्युमन राईट्स(एस.ओ.एच.आर) ले जनाएको छ । उक्त आक्रमणपछि सिरियाली सरकारी सञ्चारमाध्यमले उत्तरी हामा प्रान्तस्थित जोउरिन गाउँ विद्रोहीले बन्द गर्ने क्रममा ७ जना नागरिक मारिएको जनाएको छ ।