हामीसँग जोडिनुहोस

महिला च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

1 मिनेट

१५ असोज २०७६
महिला च्याम्पियन्स लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले बुधबार महिला च्याम्पियन्स लिग क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।
असोज २९ देखि कात्तिक सात गतेसम्म टियु क्रिकेट मैदानमा हुने महिला च्याम्पियन्स लिग क्रिकेटको उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, असोज ३० गते भने प्रतियोगितामा दुई खेल हुनेछ । पहिलो खेलमा काठमाडौंले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । लिगको दास्रो स्थानमा हुने र तेस्रो स्थानमा हुने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटर खेल कात्तिक पाँच गते हुनेछ । त्यस्तै, फाइनल खेल भने कात्तिक सातमा हुनेछ ।
प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिम रहेका छन् । काठमाडौंको मार्की खेलाडीमा रुविना क्षेत्री, ललितपुरमा नेरी थापा, पोखरामा सीता रानामगर, चितवनान इन्दु बर्मा र विराटनगरमा सरिता मगर मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।