
१६ असोज २०७६ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार राति राति ९ः२५ बजे
ट्विट गर्दै निष्ठा भएका कतै पनि डराउन र अत्तिन आवस्यक नरहेको व्यक्त गर्नुभएको छ । उहाँले सत्तारुढ नेकपाको तर्फबाट सभामुख भएका कृष्णबहादुर महराको यौन काण्डपछि कार्यकर्तामा आएको निराशालाई सम्बोधन गरेको जस्तो देखिएको छ । उहाँले पूर्वमाओबादीको जगलार्य पनि प्रश्न गर्नुहुँदै ट्विीटरमा निष्ठापूर्वक परिवर्तनमा लागेकाहरु आत्तिनु नपर्ने पनि बताउनुभयो ।