हामीसँग जोडिनुहोस

खोटाङमा वडाध्यक्ष सहित ६ पक्राउ

1 मिनेट

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असहमती जनाउँदै चक्का जाममा उत्रिएका दुई वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन् । नेकपा नगर कमिटिले बुधबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसीमा आयोजना गरेको चक्का जाममा उत्रिएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमानसिंह बस्नेत, नेकपा नगर कमिटीका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटीकै सचिवालय सदस्य सर्वधन बस्नेत, महादेवस्थान वडा कमिटी सचिव धनकुमार भुजेल पक्राउ परेका हुन् । नेकपाबाट निर्वा्चित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा चक्का जाममा उत्रिएका जनप्रतिनिधि तथा नेतालाई प्रहरीले पक्राउ गरेको नेकपाका जिल्ला कमिटी सदस्य राजुबिक्रम चाम्लिङले जानकारी दिए । नगरपालिकाभित्रको आन्तरिक समस्यालाई लिएर सडकमा अवरोध पु¥याएकाले पक्राउ गरिएको डिएसपी वामदेब गौतमले बताए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।