
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाप्रति असहमती जनाउँदै चक्का जाममा उत्रिएका दुई वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन् । नेकपा नगर कमिटिले बुधबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसीमा आयोजना गरेको चक्का जाममा उत्रिएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमानसिंह बस्नेत, नेकपा नगर कमिटीका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटीकै सचिवालय सदस्य सर्वधन बस्नेत, महादेवस्थान वडा कमिटी सचिव धनकुमार भुजेल पक्राउ परेका हुन् । नेकपाबाट निर्वा्चित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा चक्का जाममा उत्रिएका जनप्रतिनिधि तथा नेतालाई प्रहरीले पक्राउ गरेको नेकपाका जिल्ला कमिटी सदस्य राजुबिक्रम चाम्लिङले जानकारी दिए । नगरपालिकाभित्रको आन्तरिक समस्यालाई लिएर सडकमा अवरोध पु¥याएकाले पक्राउ गरिएको डिएसपी वामदेब गौतमले बताए ।

Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






