हामीसँग जोडिनुहोस

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

1 मिनेट

बेइजिङ । चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को ९१ वर्षकाे उमेरमा निधन भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषदका पूर्व प्रधानमन्त्री ली को मृत्यु भएको जानकारी गराइएको हो । उनको सोमबार राति ११ बजेर ११ मिनेट जाँदा बेइजिङमा बुढ्यौलीसम्बन्धी रोगका कारण निधन भएको उल्लेख गरिएको छ ।

उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य, वफादार कम्युनिष्ट योद्धा, वरिष्ठ सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, पार्टी र देशका वरिष्ठ नेताका रूपमा चीनको विकासका लागि योगदान गरेका विज्ञप्तिमा जनाइएको छ ।

लीले चिनियाँ कम्युनिष्ट पार्टीको बाह्रौँ केन्द्रिय राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय सचिवालयका सचिव, तेहौँ, चौधौँ र पन्ध्रौँ केन्द्रीय राजनीतिक व्यूरोका स्थायी सदस्य, राज्य परिषद्का पूर्व प्रधानमन्त्री, नवौँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष बनी गरेको योगदानको चिनियाँहरूले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रसंशा गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।