हामीसँग जोडिनुहोस

मालिंगाको सन्यास लिने घोषणा

1 मिनेट

श्रीलंकाका ३५ वर्षीय क्रिकेट टोलीका प्रभावशाली बलर लासिथ मालिंगाले यसै महिना एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । मालिंगाले बंगलादेशविरुद्घको पहिलो खेलपछि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने बताएका हुन् । श्रीलंका र बंगलादेशबीचको पहिलो एकदिवसीय क्रिकेट आगामी शुक्रबार कोलम्बोमा खेलिने छ। मालिंगाको सन्न्यासपछि श्रीलंकाली टोलीमा अनुभवी बलरको अभाव खट्किने छ । श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने पनि यो कुरामा सहमत छन् । मलिंगाले सन्न्यासको विषयमा आफूसँग पनि कुरा गरिसकेको करुणारत्नेले जनाएका छन्। हालै सम्पन्न विश्वकपमा श्रीलंका लिग चरणबाटै बाहिरिएको थियो। यद्यपि विश्वकपमा मालिंगाले सात खेल खेल्दै १३ विकेट लिएका थिए। मालिंगा उक्त विश्वकपमा सर्वा्धिक विकेट लिने श्रीलंकाली बलर हुन् । विश्वकपमा अर्का श्रीलंकाली बलर इसुरु उडनाले सात खेल खेलेर ६ विकेटमात्र लिन सकेका थिए।
उनले श्रीलंकाका लागि हालसम्म दुई सय २५ एकदिवसीयको दुई सय १९ पालिमा कुल तीन सय ३५ विकेट लिइसकेका छन्। एकदिवसीय क्रिकेटको उनको उत्कृष्ट प्रदर्शन ३८ रन दिएर ६ विकेट हो। उनले आठ खेलमा पाँच विकेट लिएका छन् भने ११ वटा खेलमा चार विकेट हात पारेका छन्।
टेस्ट क्रिकेटमा भने उनले हालसम्म ३० खेलको ५९ पालिमा एक सय एक विकेट लिएका छन्। टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ५० रन दिएर पाँच विकेट हो। टेस्ट क्रिकेटलाई भने उनले आगामी दिनमा पनि निरन्तरता दिनेछन्। यसैगरी अन्तर्रा्ष्ट्रिय टीट्वेन्टी क्रिकेटमा पनि उनले ७३ खेल खेल्दै ९७ विकेट लिएका छन्। टीट्वेन्टीमा उनको उत्कृष्ट प्रदर्शन ३१ रन दिएर पाँच विकेट हो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।