हामीसँग जोडिनुहोस

गोप्य विवरण सार्वजनिक नगरी सेप्टेम्बर ११ को स्मृति दिवसमा भाग नलिन बाइडनलाई पीडित परिवारको चेतावनी

2 मिनेट

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको आतङ्ककारी हमलाका पीडितका आफन्तहरूले उक्त आक्रमणबारे गोप्य राखिएका विवरण सार्वजनिक गरेर मात्रै उक्त घटनाको स्मृति दिवसमा भाग नलिन राष्ट्रपति जो बाइडनलाई अनुरोध गरेका छन् । झन्डै १७ सय जनाले एउटा पत्र लेख्दै ती दस्ताबेज सार्वजनिक गर्न माग गरेका छन् ।

उनीहरूले ती कागजपत्रले साउदी अरेबियाका अधिकारीहरूले सो हमलाको तानाबाना बुनेको देखाउने दाबी गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा घातक उक्त आतङ्कवादी हमला अल कायदाले गराएको थियो र त्यसमा झन्डै तीन हजार मानिस मारिएका थिए । हमलामा संलग्न १५ जना अपहरणकर्तामध्ये नौ जना साउदी अरेबियाका नागरिक थिए ।

साउदी अरेबियाले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। तर पीडितका परिवारले लामो समयदेखि साउदी अरेबियाका अधिकारीहरूलाई हमलापूर्व नै आक्रमणको जानकारी रहेको तर उनीहरूले त्यसलाई रोक्न केही नगरेको बताउँदै आएका छन् । उनीहरूले साउदी अरेबियाको सरकारविरुद्ध मुद्दा समेत हालेका छन् ।

ती मुद्दाका कारण अघिल्लो महिना कैयौँ साउदी पूर्वअधिकारीहरूलाई सोधपुछ गरिएको थियो । तर उनीहरूले दिएका बयानलाई गोप्य राखिएको छ जसले पीडितका परिवारलाई थप आक्रोशित बनाएको छ ।

पीडितका परिवारले राष्ट्रपति बाइडनले ती दस्ताबेज सार्वजनिक नगर्ने हो भने अर्को महिना आक्रमण गरिएका तीन स्थान न्यूयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा हुने २० औँ स्मृति दिवस कार्यक्रममा उनले भाग लिन नहुने बताएका छन् । ओसामा बिन लादेनको नेतृत्वमा अल कायदाले गराएको उक्त आक्रमणपछि अमेरिकाले अफगानिस्तानमाथि हमला गरेको थियो ।

पीडितहरूको विज्ञप्तिमा भनिएको छ, ‘नाइन इलेभन कमीसनको सन् २००४ मा आएको निष्कर्षपछि सो हमलामा साउदी सरकारी अधिकारीको समर्थन रहेको देखाउने गरी धेरै अनुसन्धानात्मक प्रमाण बाहिर आएका छन्।’

राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै जर्ज डब्ल्यु बुस, बराक ओबामा र डोनल्ड ट्रम्पको प्रशासनले ती दस्ताबेजलाई सार्वजनिक गर्न अस्वीकार गरेका थिए । पीडितका परिवारले २० वर्षपछि पनि राष्ट्रिय सुरक्षा वा अन्य कारण दिएर सूचनालाई गोप्य राख्नु ठिक नभएको उल्लेख गरेका छन् ।

साथै राष्ट्रपति बाइडनले आफ्ना प्रतिबद्धता उल्लङ्घन गरी साउदी सरकारलाई साथ दिए सार्वजनिक रूपमा नै स्मृति दिवस कार्यक्रममा उनको सहभागिताविरुद्ध उभिने चेतावनी दिएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।