हामीसँग जोडिनुहोस

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी ३८५ तालिवान लडाकूको मृत्यू

1 मिनेट

काठ्माडौं, २३ साउन । अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइतेसमेत भएका छन् । देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको जनाएका छन् । विषेश गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन् । पछिल्ला केही हप्ता अफगानिस्तनमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । तालिवान लडाकूले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् ।एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।