हामीसँग जोडिनुहोस

कक्षा १२ को परीक्षा स्थगित, परीक्षा कहिले र कसरी हुन्छ भन्नेमा अन्योल

2 मिनेट

भक्तपुर, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यहीँ साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको आज बसेको बैठकले अन्तिम तयारी पुरा गरिसकेको परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।
कक्षा ११ परीक्षा भने हाल भौतिक रुपमा होम सेन्टरमा सञ्चालन भइरहेको अबस्थामा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ को परीक्षा ९० प्रतिशत सकिएको बताउदै कोरोना सङ्क्रमण बढ्दै गएको अबस्थामा कक्षा १२ को परीक्षा भने स्थगित गर्ने निर्णय गरेको बताउनु भयो ।
परीक्षाका कहिले कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बोर्डको अर्को बैठकले निर्णय गरि परीक्षा सञ्चालन हुनु भन्दा १५ दिन अगाडि नै सूचना सार्वजनिक गरिने उहाँको भनाइ थियो ।
केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण बढ्दै गएकाले भौतिक रुपमा परीक्षा सञ्चालन नगरी आन्तरिक मूल्याङकनबाट गर्ने बताउनु भएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण देखाउदै तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेपछि बोर्डले बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।
विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।
कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गर्दै होम सेन्टरमा सुरक्षित भएर परीक्षा सञ्चालन गर्न सकिने गरि तयारी अन्तिम चरणमा पुर्याएको बताउर्दै आएको थियो । परीक्षा बोर्डले यस पटक १०० पूर्णांककै परीक्षा गराउने गरि भौतिक दुरी कायम गर्दै एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।
बोर्डले परीक्षाको सबै तयारी पुरा गरिसकेको र परीक्षा अगावै सबै परीक्षार्थीलाई खोपको व्यवस्थापन गरि परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दा मन्त्रालयले तयो सम्भव छैन भन्र्दै हाललाई परीक्षा रोक्न भनेको जानकारी दिएको छ ।
बोर्डले सबै तयारी पुरा गरेको, विद्यार्थी पनि सुरक्षित रुपमा परीक्षा दिन तयार भएको र कक्षा ११ को परीक्षा भौतिक रुपमा होम सेन्टरमा अहिले पनि चलिरहेको अबस्थामा स्वास्थ्य मन्त्रालयकै दबाबमा सीसीएमसीले परीक्षा रोक्न बोर्डलाई निर्देशन दिएको बोर्ड सदस्यले जानकारी दिए ।
बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । यसवर्ष परीक्षा अब कसरी हुन्छ भन्ने अन्योल परीक्षा दिने तयारीमा रहेका विद्यार्थी र अभिभावकमा छाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।