
काठमाडौँ, २३ साउन । पछिल्लो २४ घन्टामा नेपालमा थप ३२ सय १८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। १३ हजार ५७३ नमूना परीक्षणमा यो संख्यामा भाइरस संक्रमण देखिएको हो। विभिन्न प्रयोगशालामा परीक्षण गराएका ४७ सय ७ नमूनाको एन्टिजेन विधिबाट र ८८ सय ६६ नमूनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ९८७ नमूनाको एन्टिजेनबाट र २ हजार २३१ नमूनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज १ हजार ७२२ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ। निको हुने यो ९३।६ प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा १ लाख ९१ हजार ३३९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल ३५ हजार ४३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।