
सिर्जना खतिवडा, भक्तपुर । युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आ.ब.२०७७/ ०७८ को समिक्षा बैठक सम्पन्न गरेको छ । संस्थाले गत शनिबार बोजिनी नगरकोट रिर्सोटको सभा हलमा आ.ब. २०७७/ ०७८ को कारोबारको छलफल एवं समिक्षा गरेको हो ।
समिक्षा बैठकमा संस्थाले आ.ब. २०७७÷०७८ को अन्त्यसम्म ८४ करोड ९४ लाख ८४ हजार ९ सय ८६ रुपैयाँ बराबरको वासलात पुगेको संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । उहाँले संस्थामा हाल ४ हजार ७ सय ५७ शेयर सदस्य रहेको, शेयरपूँजी ५ करोड ३९ लाख ४२ हजार ९ सय रुपैयाँ, कुल बचत ७२ करोड, ५८ लाख ४२ हजार ७ सय ४३ रुपैयाँ र ऋण लगानी ६३ करोड ७८ लाख ६४ हजार ४ सय १४ रुपैयाँ रहेको जानकारी दिनुभयो । उहाँले कार्यक्षेत्रभित्रका समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक बिकासका लागि समयानुकुल बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गरी समुदायको जीवन उत्थानका लागि कार्य गर्ने लक्ष्य संस्थाले लिएको बताउनुभयो । उहाँले आ.ब. २०७८÷०७९ बर्षभित्रमा १ अर्ब ७ करोड बराबरको वासलात पु¥याउने योजना रहेको बताउनुभयो ।
सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट बित्तिय सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले शेयर पूँजी, निक्षेप संकलन, ऋण लगानी, संस्थागत तथा जनशक्ति विकास, क्षमता अभिबृद्धि, भाखा नाघेको ऋण व्यवस्थापन, समयानुकुल नीतिहरु संशोधनलगायतका योजनाहरु तयार पारी कार्य संचालन गर्ने गरेको कोषाध्यक्ष प्रकाश बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका लेखा सुपरिबेक्षण समिति संयोजक जयराम बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, व्यवस्थापक बिनोद लामिछानेलगायतले संस्थाले योजना अनुरुप काम गर्दै आइरहेको चर्चा गर्नु भएको थियो भने कार्यक्रम संचालन एवं आ.ब.०७७/०७८ को प्रगति तथा आ.ब.०७८/०७९ को योजना संस्थाका कार्यबाहक सचिव सुरेश कार्कीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ऋण उप–समिति,व्यवसाय प्रबद्र्धन उपसमिति, नगरकोट सेवा केन्द्र व्यवस्थापन उपसमिति, बागेश्वरी सेवा केन्द्र व्यवस्थापन उपसमिति, महिला उपसमिति, बालबालिका उपसमिति, कृषि उपसमिति,युवा उपसमिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।