
काठमाडौँ, २४ साउन ।
नेपाली बजारमा आज सुनचाँदी १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँ कारोबार भइरहेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २ सय ४० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४ सय ५० रुपैयाँले नै घट्दै ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।






