हामीसँग जोडिनुहोस

एमाले स्थायी कमिटी बैठकद्धारा विधान संशोधन सम्बन्धी प्रस्ताव पारित

1 मिनेट

काठमाण्डौं, २५ साउन ।
विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज बसेको स्थायी कमिटी बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो । स्थायी कमिटी बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो । एमालेको केन्द्रिय कमिटी बैठकमा पनि केहीबेरमै तुलसीलाल स्मृति प्रतिष्ठान भवनमै बस्न तयारी छ । बैठकले स्थायी कमिटी बैठकले पारित गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ । आउँदो भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि साङ्गठनिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको हो ।

एमाले स्थायी कमिटी बैठकले विधान संशाेधन सम्बन्धी प्रस्ताव पारित गर्‍याे
काठमाण्डाै – विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशाेधन सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज सोमवार बसेको स्थायी कमिटी बैठकले विधान संशाेधन सम्बन्धी प्रस्ताव पारित गरेको हो । स्थायी कमिटी बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने भनेर पास भयो ।’

एमालेको केन्द्रिय कमिटी बैठकमा पनि केहीबेरपछि तुलसीलाल स्मृति प्रतिष्ठान भवनमै बस्नेछ । बैठकले स्थायी कमिटी बैठकले पारित गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।

आउँदाे भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि साङ्गठनिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।