
काठमाण्डौं, २५ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ । आज आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक गरेको हो । योसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ । आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादवको पक्षमा र १६ जनाले ठाकुर पक्षमा सनाखत गरेका थिए । रेशम चौधरी भने तटस्थ बस्नु भएको थियो । पछि उहाँले यादवको पक्षमा रहेको बताउनुभएको थियो । पार्टी आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई आवशयक कागजात सहित कार्यालयमा उपस्थित भएर सनाखत गर्न भनेको थियो ।