
काठमाडौं, २६ साउन। लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ । फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्ने जनाईएको छ । त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ र उनले दुई वर्षे सम्झौता गर्ने जनाईको छ । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । भोली पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।