
काठमाडौं, २६ साउन । नेकपा ९एमाले० का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुग्नुभएको छ । नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी गर्नुभएको छ । नेपालनिकट स्रोतकाअनुसार हिजो केन्द्रीय कमिटी बैठक राखेर महाधिवेशन लक्षित महत्वपूर्ण निर्णयहरु गरेर अध्यक्ष ओली एकलौटी ढंगले अघि बढ्न खोजेको र एकता नचाहेकोले अब विकल्पमा जानुपर्नेमा नेता नेपाल पुग्नुभएको छ । उहाँ अहिले आफूनिकट नेताहरुसँग आन्तरिक परामर्शमा हुनुहुन्छ । खासगरी अध्यक्ष ओलीसँग वार्ता तथा छलफलमा रहेका दोस्रो पुस्ताका नेताहरुको कारण उहाँ रोकिनुभएको हो
स्रोतका अनुसार नेता नेपालले आफ्नो समूहबाट सरकारमा सहभागी हुनेहरुको नामसमेत तय गरिसक्नुभएको छ । नेता नेपालले आज विहानमात्रै पनि आफूनिकट नेताहरुलाई फोनमार्फत देशैभरि समानान्तर कमिटी गठन गर्न र गतिविधि गर्न निर्देशन दिईसक्नुभएको छ । भविष्यमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि एकता गर्नेगरि नयाँ दल गठन प्रक्रियामा नेता नेपाल अघि बढ्नुभएको छ । यो विषयमा अध्यक्ष प्रचण्डसँग पनि सकारात्मक कुरा भएको स्रोतको दाबी रहेको छ ।